काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक परिक्षा प्रणाली अन्र्तगत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्र्तगत २०६९ साल देखिका समय कटेका विद्यार्थीलाई एक पटकका लागि परिक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रि.वि. परिक्षा सुधार समितिका अध्यक्ष एबं शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा हिजो बसेको बैठकले एक पटक लागि मौका परिक्षा दिन पाउने अवसर प्रदान गरेको हो । शिक्षा, विज्ञान, कानुन, प्रविधि सहित मानविकी संकाय अन्र्तगतका सबै विषयमा विद्यार्थीले परिक्षा दिन पाउनेछन् ।
साथै परिक्षाका क्रममा कुनैपनि माध्यमबाट विद्यार्थीले एआई प्रयोग गरेमा परिक्षा रद्द हुने त्रि.वि.ले जनाएको छ ।