सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियालाई समर्थन गर्ने

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियाका लागि पूर्ण तथा सर्वसम्मत समर्थन दोहो¥याउने बताएको छ । बिहीबार जारी विज्ञप्तिअनुसार परिषद्का सदस्यहरूले कोलम्बियामा सन् २०१६ को अन्तिम शान्ति सम्झौताको व्यापक कार्यान्वयन सुनिश्चित गर्नेुपर्ने महत्वलाई प्रकाश पार्दै स्थानीय निर्वाचनपछि भएको प्रगतिको प्रशंसा गरेका छन ।

उनीहरूले शान्ति प्रवद्र्धन गर्न नवनिर्वाचित अधिकारीहरूको महत्वपूर्ण भूमिका तथा शान्ति प्रक्रियामा विविध पृष्ठभूमिका महिलाहरूको पूर्ण समान अर्थपूर्ण र सुरक्षित सहभागितामा जोड दिएका छन् । ग्रामीण सुधारका प्रावधानहरूमा आएको परिवर्तनको प्रशंसा गर्दै परिषद्ले किसान र जातीय समुदायमा भूमि वितरणमा भएको प्रगति र व्यापक पुन।ं एकीकरण कार्यक्रम अपनाएको कुरा स्वीकार गरेको छ ।

सदस्यहरूले पूर्व लडाकूहरू र सामाजिक नेताहरूले सामना गरिरहेका खतरा र हिंसाको बारेमा पनि चिन्ता व्यक्त गरेका छन । महिला नेताहरू र मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि व्यापक कार्यक्रमको योजना तथा कार्यान्वयनको आवश्यकतामा जोड दिए । शान्ति सम्झौताको जातीय अध्यायप्रति कोलम्बिया सरकारको प्रतिबद्धतालाई परिषद्ले स्वागत गरेको छ भने सन् २०२६ सम्ममा ६० प्रतिशत कार्यान्वयन हुने अपेक्षा गरेको छ ।

यसबाहेक, उनीहरूले महिला, शान्ति र सुरक्षामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १३२५ कार्यान्वयन गर्न कोलम्बियाको पहिलो राष्ट्रिय कार्य योजना पूरा हुने अनुमान गरेका छन् ।
परिषद्ले शान्ति सम्झौताको व्यापक कार्यान्वयनलाई समर्थन गर्न कोलम्बियासँग नजिकबाट काम गर्ने आफ्नो समर्पणलाई दोहो¥याउँदै दुवै पक्षको प्रतिबद्धतालाई जोड दिएको छ ।

तपाईको प्रतिक्रिया