दशैलाई लक्षित गरी स्टार अटो शनिबार पनि सुचारू हुने

काठमाडौं । दशैलाई लक्षित गरी स्टार अटो शनिबार पनि सुचारू हुने भएको छ । काठमाडौको लैनचौर स्काउट भवन र नयाँ बजारमा सेल्स कार्यालयको रहेको स्टार अटो अन्य बेला शनिबार बन्द हुने भएपनि दशैमा मोटरसाइकल खरिद र सर्भिसिङ गर्ने ग्राहकलाई लक्षित गरी सुचारू हुने भएको हो ।

त्यस्तै स्टार अटोको सिर्भिसिङ सेन्टर स्टार अटो केयरले भोली पनि आफ्नो सेवा दिने भएको छ । खासगरी दशै तिहारमा मोटरसाइकलबाट यात्रा गर्ने यात्रुहरूको संख्या उत्तिकै हुने भएकाले यसैलाई मध्यनजर गर्दै स्टार अटोले शनिबारको दिनपनि कम्पनीले दिने सेवा दिन लागेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया