बजाजका मोटरसाइकल स्टार अटो केयर रानीबारीमा सर्भिसिङ गराउँदा विशेष छूट

काठमाडौं । स्टार अटोको अध्याधुनिक सर्भिसिङ सेन्टर स्टार अटो केयरले दशै तिहारमा घर जाने र लामो यात्रा गर्ने बजाज मोटरसाइकल प्रयोगकर्ताहरूलाई लक्षित गरी सर्भिसिङमा विशेष छूटको घोषणा गरेको छ । सामाखुसी चोकबाट केही भित्र, प्रहरीको विधिविज्ञान प्रयोगशाला नजिकै रहेको केयरले सदस्य रहेका आफ्ना नियमत ग्राहकलाई यसअघि पाउँदै आएको छूटमा केही प्रतिशत र बजाजका मोटरसाइकल प्रयोगकर्ता अन्यको हकमा सर्भिसिङ (लेवर चार्जमा) ५० प्रतिशत सम्म छूट दिने केयरका निर्देशक एलिन बस्नेतले नेपाल परिक्रममालाई जानकारी दिनुभयो ।

जेन्यूइन पाट्सहरूको आफ्नै शोरूम रहेको केयरले चाडपर्वको समयमा विषेश छूट मार्फत मोटरसाइकलका सबै पाट्सहरूको निशुल्क ‘‘डेप्थ अबजरब’’ समेत गर्ने घोषणा गरेको छ ।

यसबाट ग्राहकले आफ्नो मोटरसाइकल पाट्सहरू कस्तो अवस्थामा छन् र सम्भावित कहिलेसम्म काम गर्छन् भनेर जानकारी पाउनेछन् । यो सुविधा स्टार अटो केयरमा सर्भिसिङ गराउन जाने ग्राहकका लागि घोषणा गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया