बजाज मोटरसाइकल खरिदमा स्टार अटोका अफर जुनसुकै बेला पनि लिन सकिने

काठमाडौं । काठमाडौंको लैनचौर स्काउट भवन र नयाँ बजार (विष्णुमति पुलको नजिकै) रहेका स्टार अटोका विक्री कार्यालयबाट मोटरसाइकल खरिदमा कम्पनीले घोषणा गरेका अफरहरू दशै, तिहार, छठ पर्व अवधिभर पनि लिन सकिने भएको छ । बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक विक्रेताले उपलब्ध गराएका स्किम निश्चित समयावधिको लागि भएपनि स्टार अटोले अन्य केही अफरहरू समेत प्रदान गरिहेको छ ।

ग्राहकको आर्थिक अवस्था अनुसारको फाइनान्स सुविधा, मोटरसाइकल खरिदमा हेलमेन्ट, लेगार्डसहित एक सेट एक्सेरिसज उपलब्ध गराउने, जुन कुनै कम्पनी र मोडलका मोटरसाइकलसँग पनि बजार मूल्यभन्दा १०/१५ हजार बढिको मुल्याङ्कन गरी साटफेर सुविधा, सरकारी र राष्ट्रिय स्तरका कम्पनीमा स्थायी कर्मचारी भएको खण्डमा विशेष सुविधा, स्टार अटो केयरमा मा सर्भिसिङ गराउँदा १ बर्ष सदस्यता, पाट्समा छूट लगायतका सुविधालाई स्टार अटोले यथावत राख्ने भएको हो ।

यसका अलवा ग्राहकले दशैको विदामा समेत अनलाइनबाट आफूले चाहेको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी खरिद गर्न सक्ने सुविधा पनि स्टार अटोले उपलब्ध गराएको छ । नेपालमा बजाज मोटरसाइकलको विक्री तथा सर्भिसिङमा स्थापति स्टार अटोले थोरै बजेट हुनेलाई लक्षित गरी रिकन्डिशनका मोटरसाइकल समेत विक्री गर्दै आइरहेको स्टार अटो नयाँबजारका सञ्चालक घनश्याम बस्नेतले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया