काठमाडौँ- रिभर फल्स पावर लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ।
सर्वसाधारणले आज बैशाख २८ गते जेठ ४ गते सम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले २७ लाख ३० हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका दरले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यसरी दिन सकिन्छ आवेदन!
आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ । यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।