काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को बिज्ञापन खुल्ला गरेको छ ।
बुधबार सूचना जारी गर्दै आयोगले आज चैत्र ३० गते देखि २०७९ बैसाख २९ सम्म साधारण दस्तुर र जेष्ठ ५ गते सम्म दोब्बर दस्तुरमा फारम भर्ना सकिने जनाएको छ ।
यसरी भर्नुहोस् फारम!
आयोगले अनलाईनबाटै https://license.tsc.gov.np/ मा गएर खाता बनाई आवश्यक कागजात पेश गरि परीक्षाको आवेदन फाराम भर्न सकिनेछ ।
दस्रतुरको लागि बाणिज्य वा नेपाल बैंक लिमिटेड छनौट गरी भौचर प्रिन्ट गरी सम्बन्धित बैंकमा गएर दस्तुर तिर्न सक्नुहुनेछ । अनलाइन पेमेन्टको हकमा कनेट आईपीएसबाट पनि दस्तुर तिने सक्ने व्यवस्था गरेको छ ।
बिस्तृत विवरणका लागि www.tsc.gov.np मा क्लिक गरी बिज्ञापनमा गएर हेर्न सकिनेछ ।






