काठमाडौँ- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको छ।
विभागले सोमबार सूचना जारी गर्दै हालसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १) बाट आवेदन बन्द गरिएको जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताएका छन्।






