ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही फागुन १९ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को यही फागुन १६ गतेको निर्णय अनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको जनाएको छ । भोलि ग्याल्पो ल्होसारको अवसरमा नेपाल राज्य भरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरुमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया