काठमाडौँ- कोभिड-१९को लक्षण देखिएकाको सरकारी प्रयोगशालाहरुमा निशुल्क परिक्षण हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार भएको कोभिड-१९ प्रेस ब्रिफिङ अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाको हकमा चिकित्सकको सल्लाह तथा सिफारिस अनुसार सरकारी प्रयोगशालाबाट निःशुल्क परीक्षण हुने बताएको छ । त्यस्तै लक्षण नदेखिएको र अन्य प्रयोजनका लागि पीसीआर परिक्षण गर्नुपरेमा रु ८ सय लिइनेछ। यस अघि यो शुल्क एक हजार थियो ।
साथै, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ ।