एकै दिन ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ पीसीआर परिक्षणबाट ५ हजार ७४७ र ३ हजार ४५१ एन्टीजेन विधिबाट ९८७ गरी कुल ६ हजार ७३४ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप ३ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज ५ सय ४७ जना निको भएर घर फर्केका छन्।

२४ घण्टामा थप १ लाख ४३ हजार ३६० जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार८७७ रहेको छ।

तपाईको प्रतिक्रिया