काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५१ पीसीआर परिक्षणबाट २४ सय ४८ र ३ हजार ९८५ एन्टीजेन विधिबाट ६२७ गरी कुल ३ हजार ७५ जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप २ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज २ सय ७८ जना निको भएर घर फर्केका छन्।
२४ घण्टामा थप २ लाख १४ हजार ५७ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ।