काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ९६५ पीसीआर परिक्षणबाट १३ सय ५७ र २ हजार ४५७ एन्टीजेन विधिबाट ८९ गरी कुल १ हजार ४४६ जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप २ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज २ सय ५५ जना निको भएर घर फर्केका छन्।
२४ घण्टामा थप २ लाख १० हजार ५९४ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ।





