काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार २०९ पीसीआर परिक्षणबाट ४७८ र ४ हजार ८९० एन्टीजेन विधिबाट ६२ गरी कुल ५४० जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज २ सय ७१ जना निको भएर घर फर्केका छन्।
२४ घण्टामा थप १ लाख २० हजार ६५३ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ।





