क्यान्सर जनचेतना तथा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

ललितपुर- नेपालमा क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर र ललितपुर चेम्बर अफ कमर्स बीच बुधबार समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

हस्पिटलको सभाहलमा भएको क्यान्सर जनचेतना  कार्यक्रममा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्प रत्न शाक्य र नेपालमा क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

पत्रमा क्यान्सर रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, स्क्रिनिंङ्ग क्यामहरु गर्ने र ललितपुर च्याम्बर अफ कमर्सका सदस्यहरुलाई स्क्रिनिंङ्ग गर्न आउँदा केहि प्रतिशत छुट दिने बिषय उल्लेख गरिएको छ ।

कार्यक्रममा ललितपुर चेम्बरका अध्यक्ष पुष्प रत्न शाक्यले नेपालमा ठूलो चुनौती बन्दै गएको क्यान्सर रोगका विषयमा जनचेतना जगाउने आवश्यक रहेको बताएका छन् । डा. सुदिप श्रेष्ठले नेपालमा क्यान्सर रोगको हेरचाह- चुनौती र अवसरका बारेमा आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै डा. रबिन जोशीले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको रोकथाम, उपचार र निदान कसरी गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो धारण व्यक्त गरेका थिए ।

डा. मुरारी मान श्रेष्ठले पनि क्यान्सर रोगको प्रारम्भिक चरणमै थाहा भएमा कसरी रोकथाम गर्न सकिन्छ, यसका चुनौती र अवसरहरु के के हुन सक्छन् भन्ने बताएका थिए । क्यान्सर सरभाइबर बेबी शाक्यले आफुले क्यान्सर हुदाँ भोगेको अनुभवहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु, ललितपुर चेम्बर अफ कमर्सका सदस्य , सामाजिक अगुवा, क्यान्सर सरभाइबर र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया