युट्युब च्यानलमा अश्लीलता फैलाउने शिर्षक राखी भिडियो पोस्ट गर्ने पक्राउ

काठमाडौँ- प्रधान कार्यालय, साईबर ब्युरोले युट्युब च्यानलमा अश्लीलता फैलाउने शिर्षक राखी भिडियो पोस्ट गर्ने एक व्यक्ति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका ‘साथीभाई अनलाइन टिभी’ नामक युट्युब च्यानल संचालक रामबहादुर मल्ल रहेका छन् ।

अश्लिन शिर्षक राखी समाजमा अश्लिनता फैलाउने भिडियोहरु बनाई युट्युब च्यानल तथा सामाजिक संजाल मार्फत प्रसारण  गरेकोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको जानकारी दिएको छ। मल्ललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया