काठमाडौँ- नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन संक्रमण पुष्टि भएको हो। हाल उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
पहिलो पटक गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो।
मन्त्रालयबाट जारी प्रेस बिज्ञप्ति






