श्रीमान‍्को हत्यामा संलग्न श्रीमती ७ वर्षपछि पक्राउ

काठमाडौँ- महानगरीय अपराध महाशाखाले श्रीमान‍्को हत्या गरेर फरार रहेकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.-१० भट्टे स्थायी घर भएकी वर्ष-५० की दिल कुमारी सेन रहेकी छन् ।

दाङ, तुलसीपुर नगरपालिका-१०,स्थायी घर भई काठमाडौँ महानगरपालिका  -१०, थापागाँउ बस्ने  द्रोण बहादुर सेनको मिति २०७१ चैत्र ९ गते बिहान ६:०० बजे काठमाडौँ महानगरपालिका-१०, धोवीखोला स्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा लाश फेला परेको थियो ।

मृतकलाई ईट्टाले टाउकोमा प्रहार गरि मारेर फरार रहेका मुख्य अभियुक्त रामेछाप, गोकुलगंगा गाउँपालिका-४ स्थायी घर भएको वर्ष-५४ को भिमे सार्कीलाई मिति २०७७ फागुन ५  गते पक्राउ परेका गरिएको थियो । उनि काठमाण्डौं जिल्ला अदालतको आदेशले पुर्पक्षको लागी थुनामा रहेका छन् । सोही मुद्दामा फरार रहेकी मृतककी श्रीमती  सेनलाई गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौँको वानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया