काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातक तह तेस्रो र चौथो बर्षको परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ ।
मंगलबार परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै ‘ स्नातक तह चौथो बर्षको परीक्षा दिने व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित,आंशिक तथा प्राइभेट परीक्षार्थीहरूको फारम भर्ने म्याद २०७८ साल मंसिर ०७ गते देखि २०७८ साल मंसिर १५ गते सम्म आ–आफ्नो क्याम्पसमा दोव्वर दस्तुर तिरी परीक्षा आवेदन फारम भर्न’ आब्हान गरेको छ ।