काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकाय अन्तर्गत २ बर्षे एल.एल.एम दोस्रो र ३ बर्ष एल.एल.एम तेर्स्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने निम्न स्नातकोत्तर तहका परीक्षा बिहान ८ बजे देखि १२ बजे सम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
त्रि.वि. ले महेन्द्ररत्न क्याम्पस, ताहाचलमा परीक्षा केन्द्र तोकेको छ ।







