देशभर ३ सय ७७ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय ७७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५०५ पीसीआर परिक्षणबाट ३३९ र २ हजार ६४४  एन्टीजेन विधिबाट ३८गरी कुल ३७७ जनामा संक्रमण पुष्टी भएको छ। यो संगै पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख १७ हजार ६७२ रहेको छ।

२४ घण्टामा थप  ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १७० जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये निको हुने डर  ९७.७ प्रतिशत  रहेको छ।

सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ ।

तपाईको प्रतिक्रिया