काठमाडौँ- रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले खुल्ला प्रतियोगात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार सुचना प्रकाशित गरे इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, गायन–बाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक नेपाली, कार्यालय सहायक, लेखापाल, प्राविधिक सहायक, कार्यक्रम सहायक जस्ता पद दरखास्त दिन सक्ने जनाएको छ।
दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।






