काठमाडौं । कराते प्रशिक्षक सीला खड्गी नेपाल खेलकूद महासंघ, काठमाडौं महानगरपािलका वडा ७ स्तरीय समितिको कोषाध्यक्ष चयन भएकी छन् । वडा ७ मा खेलकूदका गविधिलाई तीव्रता दिने उदेश्यले विगत लामो समयदेखि खेलकूद क्षेत्रमा रहँदै आएकी खड्गीलाई सर्वसम्मत समितिको कोषाध्यक्ष चयन गरिएको हो । खड्गी सिफल स्पोट्स प्रतिष्ठानकी अध्यक्ष पनि हुन् । सीलाको पहलमा काठमाडौं विभिन्न किसिमका खेलकूद प्रतियोगीताहरू समेत सञ्चालन हुँदै आएका छन् ।