नेपालमा कोरोना संक्रमण पुष्टी हुने भन्दा निको हुनेको संख्या बढी

काठमाडौँ- नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या भन्दा निको हुनेको संख्या बढी देखिन थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ सय ७९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ७० पीसीआर परिक्षणबाट ५७४ र ३ हजार ८५० एन्टीजेन विधिबाट १०५ गरी कुल ६ सय ७९ जनामा संक्रमण पुष्टी भएको छ।

२४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १३६४ पुगको छ । भने पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या  ७ लाख ९७ हजार १९२ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १ हजार सय ४०५ जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये  ९६.५ प्रतिशत अर्थात् ७ लाख ६९ हजार २२४ जना संक्रमण मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।

तपाईको प्रतिक्रिया