रोजगारीका लागि पोर्चुगल पठाई दिन्छु भनी ठगी गर्ने शंकर लामा पक्राउ

काठमाडौँ- बैदेशिक रोजगारमा पोर्चुगल पठाई दिन्छु भनी ठगी गर्ने नेपाल लाईफ रिक्रुमेण्ट एजेन्सी प्रा.लि. का सञ्चालक शंकर लामा पक्राउ परेका छन् ।

उदयपुर त्रियुगा न.पा. वडा नं. ८ बगा घर भई हाल भक्तपुर सल्लाघारी बस्ने लामाले पोर्चुलग पठाई एग्रिकल्चरमा काम लगाई दिन्छु भनि आशिष थापालाई विश्वास दिलाई सक्कल राहदानी, नागरिकता, फोटो, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट समेत लिई एन आईसी एसिया बैंकमा रहेको खाताबाट  ४ लाख ८० रुपयाँ प्रदिप श्रेष्ठको नामको ग्लोबल बैंक र सिद्धार्थ बैंकको खातामा ट्रान्सफर गरी लिई ठगी गरेको आरोप लागेको छ ।

लामालाई महानगरीय अपराध महाशाखाले शुक्रबार दिउँसो काठमाडौँ नयाँबानेश्चरबाट पक्राउ गरी अनुसन्धान कारवाहीको लागि प्रहरी परिसर काठमाण्डौ पठाईएको जानकारी आएको छ ।

तपाईको प्रतिक्रिया