काठमाडौँ- चार पूर्व प्रधानन्यायाधीश विरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सफाइ दिने फैसला गरेको छ ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनमा ४ पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की ले सार्वजनिक रूपमा गैरसंवैधानिक कार्य भनि संयुक्त वक्तव्य दिएका थिए । सोहि विषयलाई लिएर अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै पुर्ब प्रधानन्यायाधीशहरु विरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।
शुक्रबार प्रधानन्यायाधीश न्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले सफाइ दिएको हो ।





