थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टी, ८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार १५७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६५२ पीसीआर परिक्षणबाट ८९२ र ३ हजार ८८९ एन्टीजेन विधिबाट २६५ गरी कुल १ हजार १५७ जनामा संक्रमण पुष्टी भएको छ।

आज ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगको छ भने पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या  ७ लाख ९४ हजार १६३ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १ हजार ११३ जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये  ९६.३ प्रतिशत अर्थात् ७ लाख ६४ हजार ८४७ जान संक्रमण मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

तपाईको प्रतिक्रिया