काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार २८२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ८१ पीसीआर परिक्षणबाट ९७५ र ३ हजार ४०७ एन्टीजेन विधिबाट ३०४ गरी कुल १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार २६२ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ ।





