काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ५२५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ९०९ पीसीआर परिक्षणबाट २ हजार २० र ४ हजार ९०१ एन्टीजेन विधिबाट ५०५ गरी कुल २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार ८६ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।





