काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ९३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ८७० पीसीआर परिक्षणबाट ३ हजार ०७ र ६ हजार ५३८ एन्टीजेन विधिबाट ९३१ गरी कुल ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार १२ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ ।






