काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४७६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५८६ पीसीआर परिक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ एन्टीजेन विधिबाट ७५५ गरी कुल २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार ४५५ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ जना रहेका छन् ।





