२४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, २ हजार ४७४ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २४ जनाको मृत्यु भएको छ भने  २ हजार ४७४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार २३५ पीसीआर परिक्षणबाट १ हजार ५७७ र ४ हजार ९९६ एन्टीजेन विधिबाट ८९७  गरी कुल २ हजार ४४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार ५१८ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया