जीवन विकास लघुवित्तको आइपिओमा भोलि देखि आवेदन दिने सकिने, कति र कसरी दिने आवेदन?

काठमाडौँ- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर(आईपीओ) मा भोलि असार ११ गते बाट १५ गते सम्म आवेदन दिन सक्ने छन् । यो अवधिमा पूर्ण आवेदन नपरेमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले प्रतिकित्ता रु १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिंदा ठिक? 

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा १८ लाख ४८ हजार १५ कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता थोरै भएकोले यस अगाडी आईपीओमा धेरै गुणा आवेदन परेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

कसरी दिने आवेदन?

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।

यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया