नेपालमा कोरोना भाईरसको डेल्टा भेरियन्टमा नयाँ के४१७एन म्युटेशन भेटियो: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसख्या मन्त्रालयले  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टी भएका नमुनाहरु मध्येबाट  ९ वटामा के ४१७ एन म्युटेसन भेटिएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको उल्लेख गरेको छ ।

मन्त्रालयले यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया