कोरोना अपडेट: २ हजार ४४२ मा संक्रमण पुष्टी, ५१ को मृत्यु, ३ हजार ४५६ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४४२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ६७७ पीसीआर परिक्षणबाट १ हजार ४२१ र ४ हजार २४९ एन्टीजेन विधिबाट १ हजार २१ गरी कुल २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट  ३ हजार ४५६ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ५५ हजार ५३२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया