काठमाडौँ- साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५२.३९ अंकले घटेको छ।
बुधबार शेयर बजार १.७३ प्रतिशतले घटेर २९६९.७३ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ५४१.७२ विन्दुमा झरेको छ ।
आज सर्वाधिक शेयरमूल्य बढ्नेमा भने सीईडीबी हाईड्रो पावरको रहेका छन् । जुन गत साता देखि दोस्रो बजारमा कारोबार भएको हो । सीईडीबीको शेयरमूल्य ९.९० प्रतिशतले बढेर ७३३ मा कारोबार भएको हो । भने जोशी हाईड्रो पावरको शेयर मुल्य ९.९४ प्रतिशतले घटेर अन्तिम मूल्य रू ३०८ कायम भएको हो ।
आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३०८ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार नेपाल रीईन्सुरेन्स कम्पनिको भएको छ । उक्त कम्पनीको रू. ६० करोड ९० लाख माथिको शेयर कारोबार भएको छ ।
आज सबै परिसुचक घटेका छन् । माईक्रो फाईनान्स को परिसूचक १३९.४१अंकले बढेको छ ।
मंगलबार नेपाल धितोपत्र बोर्डले जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेको थियो । जसको असर आज सेयर बजारमा देखिएको छ । हिजो बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य आज घटिरहेको छ ।





