थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टी, ५९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७४९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ९०१ पीसीआर परिक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टीजेन विधिबाट ८७५ गरी कुल ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार २९३ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया