काठमाडौँ- सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार नेप्सेले सुचना जारी गर्दै कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम मा रु. १३८.७९ देखि अधिकतममा रु. ४१६.३७ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला गरेको थियो ।
नेप्सेले कम्पनी शेयरलाई सिएचडिसी (CHDC) कारोबार संकेत प्रदान गरेको छ ।जस अनुसार कम्पनीको भोलि देखि दोस्रो बजारमा शेयर कारोबारमा हुनेछ।






