कोरोना अपडेट: ५ हजार ३१६ जनामा संक्रमण पुष्टी, १०१ जनाको मृत्यु, ७ हजार २१९ जना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ३१६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ८०५ पीसीआर परिक्षणबाट ४ हजार ५२४ र ३ हजार ७३ एन्टीजेन विधिबाट ७९२  गरी कुल ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७ हजार २१९ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया