कर्मचारीको मासिक तलब २ हजार बढ्यो, महंगी भत्ता यथावत

काठमाडौँ-  साउन देखि लागु हुने गरी सरकारले राष्ट्रसेवक कर्मचारीको तलब मासिक रु २ हजारले बढाएको छ । महंगी भत्ता यथावत रहेको पनि बताएका छन् ।

शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडलले यस्तो घोषणा गरेका हुन् ।

साथै, निजामती कर्मचारीको रु १० लाखको दुर्घटना बीमा र रु १ लाखको स्वास्थय बीमा सरकारले गरिदिनेछ । निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताए ।

तपाईको प्रतिक्रिया