काठमाडौँ- साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेको छ।
मंगलबार शेयर बजार ०.२३ प्रतिशतले घटेर २८१६.६० विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ४.५१ अंकले घटेर ५०३.९९ विन्दुमा झरेको छ ।
आज जीवन बिमाको परिसूचक बढेको छ। सर्वाधिक शेयरमूल्य बढ्नेमा भने उत्कृस्ट ५ मा हाईड्रो पावर नै रहेका छन् । बरुण हाईड्रो पावरको शेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशतले बढेर ४८६ मा कारोबार भएको हो । मल्टिपर्पोज फाईनान्सको शेयर मुल्य ३.२२ प्रतिशतले घटेर अन्तिम मूल्य रू ३०१ कायम भएको हो ।
आज ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार अरुण कावेली पावर (अरुण)को भएको छ । उक्त कम्पनीको रू. ३३ करोड ८३ लाख ३७ हजार ५८९ बराबरको शेयर कारोबार भएको छ ।
आज जीवन बीमा, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार इन्डेक्सको परिसूचक केहि बढेका छन् ।