प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणावीच भेट भएकै हो त ?

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा दर्ता भएसँगै प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच भेटवार्ता भएको भन्ने समाचार बाहिरिएका छन् । गए राति ओली र राणावीच भेटवार्ता भएको समाचार इमेज खबर डटकमले प्रकाशित गरेको छ । यस विषयलाई लिएर अहिले सर्वत्र टिकाटिप्पणी भइरहेको छ । तर यो कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन । समाचारमा प्रधानमन्त्रीले बालुवाटारबाट राणालाई लिन गाडी पठाइएको र दुई जनाबीच डेढ घण्टा लामो छलफल भएको उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया