विद्यार्थीलाई आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन त्रि.वि.को आग्रह

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ ।

सोमबार जारी अपिलमा भनिएको छ “विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि बैकल्पिक विधि मार्फत्सुचारु भइरहेका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न, रोकिएका परीक्षाहरु पनि बैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनकालागि सम्बन्धित सबैलाई यसैमा केन्द्रीत भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछु ।”

तपाईको प्रतिक्रिया