त्रि.वि. मा प्रयोगात्मक परिक्षा क्याम्पसकै स्वमुल्याङ्कनमा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रयोगात्मक परिक्षामा सम्बन्धित आंगिक क्याम्पसकै स्वमुल्याङ्कनलाई आधिकारिता प्रदान गर्ने भएको छ । सैद्धान्तिक परिक्षा सकेका तर प्रयोगात्मक परिक्षा मात्र दिन बाँकी रहेका विद्यार्थीको हकमा सम्बन्धित कलेजले स्वमुल्याङ्कन गरेर परिक्षा नियन्त्रण कार्यालयमा पठाउन सकिने व्यवस्था गरिएको त्रि.वि. जनाएको छ ।

कोरोना महामारीका कारण पठनपाठन र परिक्षाका कार्य अनिश्चित भएपछि परिक्षा सम्पन्न भएका विद्यार्थीलाई यस किसिमको व्यवस्था गरिएको हो । यसअघि त्रि.विले तोकेको व्यक्तिले प्रयोगात्मक परिक्षा लिने गरिएको थियो ।

तपाईको प्रतिक्रिया