प्रधानमन्त्री ओलीको सपथ विरूद्ध सर्वोच्चमा परेका रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शपथ विरूद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाई हुदै छ । उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा हुने भएको छ।

गत शुक्रबार राष्ट्रपति सपथ ग्रहण गराउने क्रममा ओली प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरी राष्ट्रपतिलाई त्यो पर्दैन भनेका थिए । सर्वोच्च प्रशासनका अनुसार सपथको विषयलाई शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको थियो।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका थिए । निवेदकहरुले त्यो  शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया