आइतबार ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टी, १ सय ४५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ हजार ३ सय ६८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १९ हजार  ५३९ पिसिआर परिक्षण र ३४४ एन्टीजेनबाट कुल ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ६४८  जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया