काठमाडौँ- तीन दलले नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेपाली कांग्रेस, ने.क.पा (माओबादी) र जनता समाजबादी पार्टी, नेपालले संयुक्त रुपमा विज्ञप्ति गरी संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नपुगेपछी पदमुक्त भएका हुन्।






