काठमाडौँ- दोलखा भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ। आज दिउँसो १२:१५ देखि १:३० बजेसम्म शिलामा पसिना आएको जानकारी आएको छ।
प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पुजापाठ गरिरहेको बेला शिलामा फेरी पसिना आएको प्रेस विज्ञप्तिमा जानकारी दिएका छन् ।
बिगतमा पनि शिलामा पसिना आएपछि क्षमा पूजा गर्ने प्रचलन रहि आएको छ । राष्ट्र प्रमुख समक्ष महाप्रसाद पठाउने परम्परा अनुसार भोलि राष्ट्रपति कार्यालयमा महाप्रसादलाई पठाउने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी बासु देव घिमिरेले जानकारी दिएका छन् ।






