अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

दिप बस्नेतको उमेर ६९ बर्ष भईसकेको तथा निजमा मुटु सम्बन्धी समस्या रहेको तथा परिवारका सदस्यलाई कोरोना संक्रमण देखेको प्रमाणको आधारमा थुनामा राख्न उचित नदेखिएको भनि न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ ।

बस्न्यातलाई छोड्न केहि दिन अघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । विशेष अदालतले २०७७ मंसिर २८ गते दिप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया