काठमाडौँ- नेपालमा पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २ सय ११ पुगेको छ ।
आज ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् भने आज सम्ममा २ लाख ७९ हजार २ सय ७९ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख १२ हजार ६ सय ९९ रहेको छ ।





